आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा शुल्क लाग्ने

आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा शुल्क लाग्ने


काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन सुरु भएको छ। कात्तिक १५ गते राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको शुल्क तिरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था गरिएको हो।

आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले निर्धारित दरअनुसार दस्तुर तिर्नुपर्नेछ। जसअनुसार कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। सुरुवाती चरणमा नगद तथा क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा दस्तुर संकलन गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP