चर्चामा
बर्लिन । बढ्दो महँगी, शिक्षा बजेट कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा जर्मनीमा भएको युवा प्रदर्शन हिंसात्मक बनेको छ। फ्र्याङ्कफर्ट, बर्लिन, कोलोन र ह्याम्बर्गलगायत सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा पसलहरूमा तोडफोड तथा लुटपाटसमेत भएको छ।
‘जेन जेड रेगेल्ट’ अभियानको आह्वानमा हजारौँ युवा सडकमा उत्रिएका थिए। उनीहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, सामाजिक सेवामा कटौती रोक्नुपर्ने, बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्नुपर्ने र अनिवार्य सैन्य सेवाको विरोध गरेका थिए। दिनभर शान्तिपूर्ण रहेको प्रदर्शन राति हिंसात्मक बनेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो। प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि ढुंगा, बोतल र पेट्रोल बम प्रहार गरेको प्रहरीको भनाइ छ।
फ्र्याङ्कफर्टमा पसलका सिसा फुटाइएको, हतियार बिक्री गर्ने पसलमा तोडफोड भएको र केही सामान लुटिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा केही प्रदर्शनकारी पक्राउ परेका छन्। विभिन्न सहरमा गरी करिब १८ हजार मानिस सहभागी भएको अधिकारीहरूको अनुमान छ। प्रदर्शनकारीले भने शान्ति, स्वतन्त्रता, शिक्षा र सामाजिक सुरक्षाको माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन्।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!