भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्रै खुल्ने

भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्रै खुल्ने

काठमाडौं । जाडोयाम सुरु भएसँगै भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । अब सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन् ।

नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नयाँ समयतालिका लागू हुनेछ । यो व्यवस्था शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ ।

यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP