भेनेजुएलाको सैन्य कारबाहीमा कम्तीमा ९ विद्रोहीको मृत्यु भएको दाबी

भेनेजुएलाको सैन्य कारबाहीमा कम्तीमा ९ विद्रोहीको मृत्यु भएको दाबी

काठमाडौं । भेनेजुएलाको सेनाले कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ ।

फन्डारेड्स नामक संस्थाका निर्देशक जेभियर टाराजोनाका अनुसार शुक्रबार भेनेजुएलाको अपुरे राज्यस्थित ग्रामीण क्षेत्रमा रहेको विद्रोही शिविरलाई लक्षित गरी सैन्य कारबाही गरिएको थियो । संस्थाले सार्वजनिक गरेको भिडियोमा शवहरू छरिएको, रूखहरू ढलेको र शिविर रहेको अनुमान गरिएको स्थानमा भग्नावशेष देखिएको छ ।

टाराजोनाले सन् २०१६ मा कोलम्बियाली विद्रोही समूहसँग शान्ति सम्झौता भएपछि भेनेजुएलामा भएको यो पहिलो यस्तै आक्रमण भएको दाबी गरेका छन् । सैन्य मामिलाकी जानकार तथा मानव अधिकारकर्मी रोसियो सान मिगुएलका अनुसार स्थानीय बासिन्दाले आक्रमणमा थप १० जना ईएलएन लडाकु मारिएको हुन सक्ने बताएका छन् ।

भेनेजुएला सरकारले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । कोलम्बिया र भेनेजुएलाबीच दुई हजार किलोमिटरभन्दा लामो सीमा जोडिएको छ । उक्त क्षेत्रमा ईएलएनसहित विभिन्न विद्रोही समूह सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP