चर्चामा
काठमाडौं । साइबर आक्रमणबाट ठूलो परिमाणमा डिजिटल सम्पत्ति चोरी भएपछि रोकिएको रकम निकासी सेवा विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले पुनः सञ्चालनमा ल्याउने भएको छ । चोरी भएको ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको सम्पत्तिमध्ये ९५ प्रतिशत फिर्ता ल्याएको कम्पनीले जनाएको छ ।
बाइनान्सले आइतबार बिहान ६ देखि ९ बजेसम्म (जीएमटी) पहिलो चरणमा बिटक्वाइन, इथेरियम, बीएनबी, सोलाना, एक्सआरपी र डजक्वाइनलगायत प्रमुख क्रिप्टोकरेन्सीको निकासी खुलाउने तयारी गरेको छ । बाँकी पाँच प्रतिशत सम्पत्ति कम कारोबार हुने टोकनमा रहेकाले त्यसको व्यवस्था गर्न थप समय लाग्ने कम्पनीको भनाइ छ ।
यसैबीच, अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले साइबर आक्रमणमा उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूह 'ट्रेडरट्रेटर' संलग्न रहेको दाबी गरेको छ । एफबीआईका अनुसार ह्याकरहरूले चोरी भएको सम्पत्तिलाई इथेरियममा रूपान्तरण गरेका थिए । चोरीको रकम विभिन्न प्रविधि प्रयोग गरेर शुद्धीकरण गर्ने प्रयास हुन सक्ने भन्दै ब्युरोले सतर्कता अपनाउनसमेत चेतावनी दिएको छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!