मधेसको राजनीतिमा पुस्तान्तरणको बहस, नेतृत्व लिन युवाहरू सक्रिय

मधेसको राजनीतिमा पुस्तान्तरणको बहस, नेतृत्व लिन युवाहरू सक्रिय

काठमाडौं । पुराना मधेसवादी दल र नेतृत्वप्रति जनविश्वास कमजोर हुँदै गएको भन्दै मधेसको राजनीतिमा पुस्तान्तरणको माग चर्किन थालेको छ । जेनजी आन्दोलनपछि देशभर उठेको नेतृत्व परिवर्तनको बहससँगै मधेसका युवाहरू पनि नयाँ राजनीतिक नेतृत्वको खोजीमा सक्रिय हुन थालेका छन् ।

पुराना दल र नेतृत्वको विकल्प खोज्दै तराई-मधेसका केही युवाले 'हुङ्कार मधेस'अभियान सुरु गरेका छन् । त्यस्तै, शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले पनि मधेसको नेतृत्वमा युवाको सहभागिता बढाउन ‘मधेस अबको बाटो’ अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत काठमाडौंसहित मधेसका विभिन्न जिल्लामा युवासँग अन्तरक्रिया भइरहेको छ ।

यसैक्रममा सामाजिक अभियन्ता सञ्जय यादवको अगुवाइमा शनिबार कलैयामा आयोजित कार्यक्रममा मधेस आन्दोलनको इतिहास, उपलब्धि, चुनौती र आगामी राजनीतिक दिशाबारे छलफल गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले मधेसको राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको धारणा राख्दै युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

नागरिक अगुवा उमेशलाल दास, पूर्वप्रदेशसभा सदस्य विक्की यादव, अधिवक्ता आनन्द गुप्ता र महिला नेतृ हिरमति कुशवाहालगायतले मधेसमा स्वच्छ छवि भएका नयाँ नेतृत्वको आवश्यकता औँल्याएका थिए । उनीहरूले मधेसका राजनीतिक तथा सामाजिक मुद्दालाई सम्बोधन गर्न युवाहरू संगठित भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP