चर्चामा
झापा । धानखेतीबाट वर्षभरिमा करिब ५० हजार रुपैयाँ आम्दानी हुने खेतमा सयपत्री फूलखेती गरेर १२ लाख रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्यसहित झापाका तीन किसान जुटेका छन् ।
बुद्धशान्ति गाउँपालिका-३ दुइरिङ्गेका विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक रूपमा १० कट्ठा जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेका छन् । 'कृषि कम्पास' समूह बनाएर फूलखेती सुरु गरेका उनीहरूले यसमा पाँच लाख ५० हजार रुपैयाँ लगानी गरेका छन् । उनीहरूको लक्ष्य करिब १० हजार माला उत्पादन गर्ने हो ।
धानखेतीबाट हुने आम्दानीभन्दा फूलखेतीबाट बढी लाभ लिन सकिने देखेपछि उनीहरूले खेतीको विकल्प रोजेका हुन् । यस वर्षको अनुभव र बजारको सम्भावनालाई हेरेर आगामी वर्ष तीन बिघा क्षेत्रफलमा फूलखेती विस्तार गर्ने तयारीसमेत गरेका छन् ।
तर भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने चिन्ता किसानमा छ । उनीहरूले स्वदेशी फूललाई बजारमा प्राथमिकता दिन र अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र बजारको मागअनुसार आयात व्यवस्थापनमा पहल गर्ने बताएका छन् ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!