सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आइतबार ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज १० ग्राम सुनको मूल्य २ लाख ३३ हजार १९५ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसको १० ग्रामको मूल्य ३ हजार १३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP