चर्चामा
काठमाडौं । जादु र रहस्यले भरिएको चर्चित कथा 'ह्यारी पोटर' अब टेलिभिजन सिरिजका रूपमा दर्शकमाझ आउने भएको छ । निर्माताले सिरिजको पहिलो सिजनको झलक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेका छन् ।
‘ह्यारी पोटर एन्ड द फिलोसोफर्स स्टोन’ नाम दिइएको पहिलो सिजन सन् २०२६ डिसेम्बर २५ अर्थात् क्रिसमसका दिन एचबीओमा प्रिमियर हुनेछ । आठ भागको हुने सिरिज एचबीओ म्याक्स उपलब्ध रहेका देशमा पनि हेर्न सकिनेछ ।
सिरिजमा ह्यारी पोटरको भूमिकामा डोमिनिक म्याकलफलिन, हर्मायोनीमा अरबेला स्ट्यान्टन र रोनको भूमिकामा अलिस्टर स्टाउट देखिनेछन् । त्यस्तै, जोन लिथगो डम्बलडोर, जेनेट म्याकटियर म्याकगोनागल र पापा एस्सिएडु स्न्यापको भूमिकामा देखिनेछन् ।
जेके रोलिङका सात पुस्तकलाई आधार बनाएर छुट्टाछुट्टै सिजन निर्माण गर्ने योजना रहेको छ । यसमार्फत अघिल्ला फिल्ममा समेट्न नसकिएका पुस्तकका कथालाई समेत विस्तृत रूपमा प्रस्तुत गरिने अपेक्षा गरिएको छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!