चर्चामा
पोखरा । नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटकीय आकर्षणलाई विश्वभर चिनाउने उद्देश्यले सात देशका चर्चित ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन् । नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बङ्गलादेश र श्रीलङ्काका सामग्री निर्माताहरू नेपाल आइपुगेका हुन् ।
उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी प्रकृति, वन्यजन्तु, मौलिक संस्कृति, साहसिक गतिविधि र स्थानीय जनजीवन समेटिएका भिडियो तयार पार्नेछन् । ती सामग्री टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याइनेछ ।
नेपाल पर्यटन बोर्ड र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा पर्यटन प्रवर्द्धनका लागि भएको समझदारीअनुसार 'लाइफटाइम एक्सपिरियन्स' अभियान सञ्चालन गरिएको हो । यस अभियानले डिजिटल माध्यमबाट नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा चिनाउन र अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!