चर्चामा
मुम्बई । बलिउड अभिनेता शाहरुख खानको आगामी चलचित्र ‘किङ’को विदेशमा प्रदर्शन तथा वितरण अधिकार १७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ । भारतीय सञ्चारमाध्यम पिंकभिल्लाका अनुसार फार्स फिल्म्सले उक्त रकममा चलचित्रको ओभरसिज राइट्स खरिद गरेको हो ।
यो सम्झौतालाई भारतीय चलचित्र उद्योगकै अहिलेसम्मको सबैभन्दा ठूलो ओभरसिज राइट्स डिलका रूपमा हेरिएको छ । रिपोर्टअनुसार फार्स फिल्म्सले मिनिमम ग्यारेन्टी (एमजी) स्वरूप १७५ करोड रुपैयाँ दिने सम्झौता गरेको हो । यसअघि कुनै पनि भारतीय चलचित्रको विदेश प्रदर्शन अधिकार १०० करोड रुपैयाँसम्म बिक्री भएको थिएन ।
सन् २०२६ को क्रिसमसमा प्रदर्शन गर्ने तयारी गरिएको ‘किङ’को निर्देशन सिद्धार्थ आनन्दले गरिरहेका छन् । चलचित्रमा शाहरुखसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपुर र अरसद वारसीलगायत कलाकारको अभिनय रहनेछ ।
रिपोर्टअनुसार चलचित्रले लगानी उठाउन अन्तर्राष्ट्रिय बजारबाट करिब ३५० देखि ३७५ करोड रुपैयाँ कमाउनुपर्ने अनुमान गरिएको छ । यसअघि शाहरुखका ‘पठान’ र ‘जवान’ले विदेशमा करिब ४००-४०० करोड रुपैयाँ कमाएका थिए ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!