चर्चामा
मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत चलचित्र 'जेलर २' ले प्रदर्शनको १७ दिनमा विश्वभरबाट ७९० करोड ८५ लाख भारतीय रुपैयाँ कमाएको छ । चलचित्र ८०० करोडको आँकडा पार गर्ने लक्ष्यनजिक पुगेको छ ।
उपलब्ध बक्स अफिस विवरणअनुसार चलचित्रले १७औँ दिन अर्थात् शनिबार भारतमा मात्रै ९ करोड ३५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो दिन शुक्रबार ५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको चलचित्रको कुल घरेलु कमाइ ४४४ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
नेल्सन दिलीपकुमारको निर्देशन र सन पिक्चर्सको निर्माणमा बनेको 'जेलर २' सन् २०२३ मा सफल भएको ‘जेलर’को सिक्वेल हो । चलचित्रमा रजनीकान्तले टाइगर मुथुवेल पाण्डियनको भूमिका दोहोर्याएका छन् । यसमा रम्या कृष्णन, योगी बाबु, विद्या बालान र मिथुन चक्रवर्तीलगायत कलाकारको अभिनय छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!