चर्चामा
काठमाडौं । बढ्दो महँगी, आवास अभाव, सार्वजनिक सेवाको कमजोर अवस्था र राजनीतिक विवादविरुद्ध युरोपका विभिन्न देशमा विरोध प्रदर्शन भएका छन् । सामाजिक सञ्जालमार्फत गरिएको आह्वानपछि शनिबार फ्रान्स, जर्मनी, इटाली, पोर्चुगललगायत देशका प्रमुख सहरमा हजारौँ मानिस सडकमा उत्रिएका हुन् ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभर भएका प्रदर्शनमा करिब तीन लाख २० हजार मानिस सहभागी भए । त्यसमध्ये ७० हजार पेरिसमा थिए । तर आयोजकहरूले भने देशभर पाँच लाख र राजधानीमा दुई लाख मानिस सहभागी भएको दाबी गरेका छन् । प्रदर्शनलाई लक्षित गर्दै ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । केही स्थानमा प्रहरीसँग झडप भएपछि ४२२ जना पक्राउ परेका छन् ।
जर्मनीका ३० भन्दा बढी सहरमा सार्वजनिक सेवामा लगानी बढाउन, महँगी नियन्त्रण गर्न र अनिवार्य सैन्य सेवा हटाउन माग गर्दै प्रदर्शन भयो । आयोजकका अनुसार १२ सहरमा मात्रै ६८ हजारभन्दा बढी सहभागी थिए । केही स्थानमा प्रहरीमाथि आक्रमण र आगजनीका घटना पनि भएका छन् ।
इटालीमा सार्वजनिक सेवा र जीवनयापनको खर्चलाई लिएर प्रदर्शन भएको थियो भने पोर्चुगलमा आवास समस्या समाधान गर्न माग गरिएको थियो । अल्बानियामा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन १९औँ दिन पनि जारी रह्यो । त्यस्तै पोल्याण्ड, नेदरल्याण्ड्स र स्पेनका विभिन्न सहरमा पनि राजनीतिक तथा सामाजिक मुद्दालाई लिएर प्रदर्शन भएका छन् ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!