चर्चामा
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १३५ परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । भूमि समस्या समाधान समितिले साउनदेखि असोज मसान्तसम्म भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको हो ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको त्रैमासिक प्रगति विवरणअनुसार वितरण गरिएका पुर्जामध्ये ११ वटा भूमिहीन दलित, ४१ वटा भूमिहीन सुकुम्बासी र ८३ वटा अव्यवस्थित बसोबासीका नाममा छन् ।
यस अवधिमा भूमिसम्बन्धी समस्या समाधानका लागि समितिको सूचना प्रणालीमा ५१ हजार ५१७ निवेदन प्रविष्ट भएका छन् । तीमध्ये ७ हजार ७० भूमिहीन दलित, ८ हजार ८३ भूमिहीन सुकुम्बासी र ३१ हजार ३१७ अव्यवस्थित बसोबासीका निवेदन हुन् । विगतका आयोगका अधुरा कामसँग सम्बन्धित ५ हजार १२७ निवेदनसमेत दर्ता भएका छन् ।
समितिले जग्गा पहिचान तथा वितरण प्रक्रियाका लागि देशभर १ हजार ९४७ कित्ता जग्गाको नाप नक्सा सम्पन्न गरेको छ । साथै, भक्तपुर नगरपालिकासँग भूमिहीनलाई जग्गा वितरण तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि समझदारी गरी लगत सङ्कलनको प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!