धादिङमा हाइस दुर्घटना : पैदलयात्रीको मृत्यु, ९ यात्रु घाइते

धादिङमा हाइस दुर्घटना : पैदलयात्रीको मृत्यु, ९ यात्रु घाइते

काठमाडौँ । धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा हाइस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने नौ जना यात्रु घाइते भएका छन्।

शनिबार साँझ पोखराबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल कल्भर्टमा खसेको थियो। दुर्घटनामा सडकमा हिँडिरहेका स्थानीय ५० वर्षीय सिताराम अधिकारी गम्भीर घाइते भएका थिए। उनको बैरेनी अस्पतालमा उपचारका क्रममा शनिबार राति पौने ९ बजे मृत्यु भएको हो।

हाइसमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा घाइते भएका नौ यात्रुमध्ये छ जनाको बैरेनी अस्पतालमा उपचार भइरहेको छ भने तीन जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ।

दुर्घटनापछि प्रहरीले हाइस चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP