चर्चामा
काठमाडौँ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका-८ स्थित दानीगढ क्षेत्रमा हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको उद्धारमा ढिलाइ भएको छ।
उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गर्ने तयारी भए पनि सुर्खेतस्थित सेनाको हेलिकोप्टरमा प्राविधिक समस्या आएपछि उद्धार प्रभावित भएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले अर्को हेलिकोप्टरको खोजी भइरहेको छ।
उद्धारको प्रतीक्षामा रहेका पर्यटकमा दुई महिला र चार पुरुष छन्। उनीहरू केही दिनदेखि लगातारको हिमपातका कारण उच्च हिमाली क्षेत्रमा फसेका हुन्। प्रतिकूल मौसम र सञ्चार सम्पर्कको समस्याले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!