खराब मौसमले हवाई उडान प्रभावित, तीन विमानस्थल बन्द

खराब मौसमले हवाई उडान प्रभावित, तीन विमानस्थल बन्द

काठमाडौँ । प्रतिकूल मौसमका कारण देशका विभिन्न विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ। खराब मौसमले भरतपुर, सुर्खेत र भैरहवा विमानस्थल बन्द भएका छन्।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत कम दृश्यताका कारण उडान तथा अवतरणमा समस्या देखिएको छ। यसैबीच भारतबाट काठमाडौं आउँदै गरेका दुई अन्तर्राष्ट्रिय उडानसमेत मौसम प्रतिकूल भएपछि अन्यत्र डाइभर्ट भएका छन्।

मौसममा सुधार नआएसम्म हवाई सेवा प्रभावित हुन सक्ने भएकाले यात्रुलाई आफ्नो उडानको अवस्थाबारे सम्बन्धित वायुसेवासँग जानकारी लिन आग्रह गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP