बिनान्सबाट ६ अर्ब डलरभन्दा बढीको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

बिनान्सबाट ६ अर्ब डलरभन्दा बढीको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्जमध्ये एक बिनान्सबाट ६ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका डिजिटल सम्पत्ति चोरीमा उत्तर कोरियाली ह्याकर समूहको संलग्नता रहेको आरोप लगाएको छ।

एफबीआईका अनुसार अक्टोबर २९ मा भएको उक्त साइबर आक्रमणमा ‘ट्रेडरट्रेटर’ नामको ह्याकर समूह संलग्न थियो। चोरी भएका सम्पत्तिलाई ह्याकरहरूले मुख्यतः इथेरियममा रूपान्तरण गरिरहेको र थप रकम शुद्धीकरणको प्रयास हुन सक्ने चेतावनीसमेत दिइएको छ।

यसैबीच बिनान्सले चोरी भएको ६.३ अर्ब डलरमध्ये करिब ६ अर्ब डलर बराबरको क्षति कम्पनीको आफ्नै कोषबाट पूर्ति गरेको जनाएको छ। बाँकी रकममध्ये कम तरलता भएका सम्पत्तिको व्यवस्थापन गर्न समय लाग्ने कम्पनीले बताएको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP