चर्चामा
काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह तीव्र रूपमा बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार शनिबार दिउँसो १२:१५ बजेसम्म जलाशयको पानीको सतह १ हजार ५२८ दशमलव २० मिटर पुगेको थियो। जलाशयको अधिकतम भण्डारण क्षमता १ हजार ५३० मिटर रहेको छ।
लगातारको वर्षाले जलाशयमा पानीको मात्रा बढ्दै गएकाले आवश्यक परे बाँधका मुख्य ढोका खोलेर पानी निकास गर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाले जनाएको छ। ढोका खोल्नुपर्ने अवस्था आए तल्लो तटीय क्षेत्रमा नदीको बहाव अचानक बढ्न सक्ने ज
यसै जोखिमलाई मध्यनजर गर्दै मकवानपुर र रौतहट प्रशासनले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। विशेषगरी सिस्नेरी खोला र बागमती नदी आसपासका बस्तीमा सतर्कता अपनाउन भनिएको छ।
प्रशासनले नदी किनारमा माछा मार्ने, दाउरा संकलन गर्ने, चौपाया चराउने तथा रातिको समयमा नदी आसपासका सडकमा आवतजावत नगर्न अनुरोध गरेको छ।
आयोजनाले जलाशयको अवस्था थप बिग्रिए मोबाइलमा एसएमएस पठाउने र चेतावनी साइरन बजाएर जानकारी गराउने जनाएको छ। सर्वसाधारणलाई आधिकारिक सूचनाको पालना गर्न र जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!