बाराको झडप छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

बाराको झडप छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

काठमाडौं । बाराको पर्सौनीमा अस्पताल उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय युवा घाइते भएको घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरीले समिति गठन गरेको छ।प्रहरीका अनुसार घटनाको निष्पक्ष छानबिनका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा समिति बनाइएको हो। घटनाका बेला सुरक्षामा खटिएका प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ।

अस्पताल उद्घाटनका क्रममा विवाद बढ्दै गएपछि झडप भएको थियो। सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक स्थानीय युवा घाइते भएका थिए।

समितिले घटनाको कारण, प्रहरीको भूमिका र गोली चलाउनुपर्ने अवस्था सिर्जना हुनुको परिस्थितिबारे अनुसन्धान गर्ने जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP