अमेरिकी सर्त पूरा भए दुई दिनमै होर्मुज जलमार्ग खोल्ने इरानको प्रस्ताव

अमेरिकी सर्त पूरा भए दुई दिनमै होर्मुज जलमार्ग खोल्ने इरानको प्रस्ताव

काठमाडौं । इरानले अमेरिकाले आफ्ना सर्त पूरा गरे दुई दिनभित्र रणनीतिक महत्वको होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले कतारको मध्यस्थतामा अमेरिकासँग यस विषयमा छलफल भइरहेको बताएका छन्।

अराघचीका अनुसार प्रस्तावित योजनाअनुसार पहिलो दिन अमेरिकाले इरानले राखेका सर्त कार्यान्वयन गर्नुपर्नेछ भने दोस्रो दिनदेखि होर्मुज जलमार्गमा जलयातायात पुनः सञ्चालन हुनेछ।

इरानका सर्तमा अमेरिकी प्रतिबन्ध हटाउने, क्षेत्रीय सैन्य उपस्थिति घटाउने, तेल निर्यातसम्बन्धी छुट पुनःस्थापित गर्ने र विदेशमा रोक्का राखिएका इरानी रकम फुकुवा गर्ने विषय समावेश छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता राम्रो दिशामा अघि बढिरहेको बताएका छन्। तर अमेरिकाले इरानका सर्त स्वीकार गरिसकेको छैन। कतारको मध्यस्थतामा कूटनीतिक प्रयास जारी रहेकाले जलमार्ग कहिले खुल्छ भन्ने अझै निश्चित भएको छैन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP