चर्चामा
काठमाडौं । सम्भावित प्रतिकूल मौसम र प्राकृतिक विपद्को जोखिम बढेपछि बोलिभियाले राष्ट्रिय आपत्काल घोषणा गरेको छ। एल निनो मौसम प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी, खडेरी तथा भारी वर्षा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले आपत्कालीन कदम चालेको हो।
आपत्काल घोषणासँगै विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारी निकायलाई सक्रिय बनाइएको छ। जोखिमयुक्त क्षेत्रमा आवश्यक तयारी गर्न र सम्भावित क्षति न्यूनीकरणका उपाय अपनाउन पनि निर्देशन दिइएको छ।
एल निनोका कारण विश्वका विभिन्न क्षेत्रमा तापक्रम र वर्षाको ढाँचामा परिवर्तन आउन सक्ने भएकाले बोलिभियाले जोखिम व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!