‘२८ मा नपर्ने नि के पत्रकार भन्नू, साथी हो’ : प्रधानमन्त्रीका सल्लाहकारको पोस्टले विवाद

‘२८ मा नपर्ने नि के पत्रकार भन्नू, साथी हो’ : प्रधानमन्त्रीका सल्लाहकारको पोस्टले विवाद

काठमाडौ ।पत्रकार पक्राउ परेको घटनालाई लिएर बहस भइरहेका बेला प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनले सामाजिक सञ्जालमा गरेको एउटा पोस्टले नयाँ विवाद सिर्जना गरेको छ।

बेनले २८ जना पत्रकारको नाम उल्लेख गर्दै ‘यो २८ जना पत्रकारमा को को पर्‍या हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नू हैन साथी हो’ भन्दै लेखेका छन्।

उनले आफ्नो पोस्टमा समीर बलामी, जया सिंह महरा, रोशन खड्का, रूपेश श्रेष्ठ, कृष्ण आचार्य, अनिल गिरी, शिवहरि घिमिरे, प्रदीप कार्की, ओम शर्मा, रमेश सुवेदी, गोर्कण अवस्थी, राजु घिसिङ, मनोज सत्याल, उमेश चिरञ्जीवी पौडेल, श्रीधर पी. पौडेल, कमल सरगम चौलागाईं, टिकराम यात्री, केशव खड्का र बसन्त बस्नेतलगायतका नाम उल्लेख गरेका छन्।

२८ जना पत्रकारको सूची भनिए पनि सार्वजनिक गरिएको विवरणमा १९ जनाको नाम मात्रै देखिन्छ। बेनको उक्त अभिव्यक्तिपछि सूचीमा परेका र नपरेका पत्रकारको विषयलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ।

पत्रकार पक्राउको घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीका सल्लाहकारबाट आएको यो अभिव्यक्ति थप चर्चामा आएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP