चर्चामा
काठमाडौ ।पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ।
धादिङको मझिमटारमा निर्माणाधीन आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो।
नागढुंगा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार गर्डर राख्ने कामका लागि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइनेछ।
आयोजनाले सडक बन्द रहने अवधिमा सवारी चालक तथा यात्रुलाई धैर्य राख्न, यथास्थानमा बस्न, लेन अनुशासन कायम गर्न र ट्राफिक नियम पालना गर्न अनुरोध गरेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!