चर्चामा
सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको छ। सोमबार बिहान हेलिकप्टरमार्फत दुई महिला र चार पुरुष गरी ६ जनाको उद्धार गरिएको हो।
गत १४ कात्तिकदेखि हिमपातका कारण सम्पर्कविहीन भएका पर्यटकको सोमबार बिहान साढे ६ बजेबाट उद्धार सुरु गरिएको थियो। सुरुमा दुई महिलालाई जिल्ला सदरमुकाम दुनै ल्याइएको थियो भने त्यसपछि बाँकी चार पुरुषको पनि उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार उद्धार गरिएका सबै पर्यटकको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
जिल्ला प्रशासनका अनुसार उनीहरू आवश्यक प्रशासनिक अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे-फोक्सुण्डोस्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा नुमला र वाग्ला पास क्षेत्रमा हिमपातमा फसेका थिए।
१४ कात्तिकमा पर्यटक फसेको जानकारी पाएपछि उद्धारको पहल गरिए पनि प्रतिकूल मौसम र हेलिकप्टर व्यवस्थापनमा कठिनाइ हुँदा उद्धारमा ढिलाइ भएको थियो।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!