संसद् अधिवेशन बोलाउन कांग्रेसको माग, न्यायालय प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने

संसद् अधिवेशन बोलाउन कांग्रेसको माग, न्यायालय प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।

त्यस्तै, अदालतमा बिचौलियामार्फत मुद्दामा सेटिङ भएको भनिएको प्रकरण छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न पनि कांग्रेसले माग गरेको छ।

न्यायालय, सरकार प्रमुख र प्रहरीसमेतको नाम जोडिएको प्रकरणमा सरकारी निकायबाट हुने छानबिन निष्पक्ष हुनेमा आशङ्का रहेको भन्दै कांग्रेसले संसदीय समितिमार्फत छानबिन गर्नुपर्ने जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP