हेटौँडाको किराना पसलको दराजमा भेटियो ११ फिट लामो राजगोमन

हेटौँडाको किराना पसलको दराजमा भेटियो ११ फिट लामो राजगोमन

हेटौँडा । हेटौँडा उपमहानगरपालिका-१५ भोर्लेस्थित एक किराना पसलको दराजमा भेटिएको करिब ११ फिट लामो विषालु राजगोमन सर्पको सुरक्षित उद्धार गरिएको छ।

स्थानीय महेन्द्र दोङको पसलमा भेटिएको सर्पलाई उद्धारकर्ता राजेश थापा ‘गरिब’ र रोशन थापा 'दीप' ले करिब आधा घण्टाको प्रयासपछि नियन्त्रणमा लिएका हुन्। सर्प देखिएपछि वडा सदस्य सिंहबहादुरले उद्धारकर्तालाई खबर गरेका थिए।

उद्धारकर्ता राजेशका अनुसार स्थानीयले सर्प धपाउन पेट्रोल खन्याउनुका साथै धुवाँ लगाएकाले सर्प आक्रामक बनेको थियो। यस्तो अवस्थामा पेट्रोल वा डिजेल प्रयोग गर्नु जोखिमपूर्ण हुने भन्दै उनले सर्पलाई जिस्क्याउने वा भगाउने प्रयास नगर्न आग्रह गरेका छन्।

उद्धारपछि राजगोमनलाई डिभिजन वन कार्यालय मकवानपुरसँगको समन्वयमा मानव बस्तीभन्दा टाढा सुरक्षित प्राकृतिक वासस्थानमा छाडिएको छ। सर्पलाई मार्नुको सट्टा उद्धार गरी संरक्षण गर्नुपर्ने उद्धारकर्ताहरूको भनाइ छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP