इजरायलमा राजनीतिक गतिरोध, इरानसँग पुनः युद्धको आशंका

इजरायलमा राजनीतिक गतिरोध, इरानसँग पुनः युद्धको आशंका

काठमाडौं । इजरायलमा निर्वाचनपछि सरकार गठनबारे अन्योल कायम रहँदा इरानसँग पुनः सैन्य तनाव चुलिन सक्ने चेतावनी दिइएको छ। इजरायली विपक्षी नेता याइर गोलानले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो राजनीतिक अस्तित्व जोगाउन इरानसँग नयाँ मुठभेड निम्त्याउन सक्ने आशंका व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत उनले इरानसँग अर्को चरणको युद्धको सम्भावना बढिरहेको बताएका छन्। अमेरिकी मध्यावधि निर्वाचनपछि अमेरिका र इजरायलले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने आशयका समाचार सार्वजनिक भएपछि गोलानको यस्तो प्रतिक्रिया आएको हो।

हालै सम्पन्न इजरायली संसदीय निर्वाचनमा कुनै पनि पक्षले सरकार गठनका लागि आवश्यक ६१ सिट हासिल गर्न सकेन। नेतान्याहुको गठबन्धनले ५३ सिट जित्दा विपक्षी दलहरूले ४८ सिट र अरब दलहरूले १९ सिट प्राप्त गरेका छन्।

गोलानले अरब दलहरूको समर्थनसहित वैकल्पिक सरकार गठन गर्नुपर्ने बताएका छन्। यसैबीच, भ्रष्टाचारसम्बन्धी मुद्दाको सामना गरिरहेका नेतान्याहुमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतले पनि सन् २०२४ मा पक्राउ पुर्जी जारी गरेको छ। निर्वाचनपछि इजरायलमा नयाँ सरकार गठन र सम्भावित सैन्य तनावबारे बहस चुलिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP