चर्चामा
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-२० च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।
प्रहरीका अनुसार बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिपबाट आठवटा पोकामा राखिएको गाँजा बरामद भएको थियो। पक्राउ पर्नेमा चार जना नेपाली र एक जना भारतीय नागरिक छन्।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!