नेपालका ५८ ग्यास उद्योग गाभ्ने निगमको तयारी

नेपालका ५८ ग्यास उद्योग गाभ्ने निगमको तयारी

काठमाडौं । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ।

निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमअनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगलाई मर्जरमा लैजाने नीति अघि सारेको हो। हाल नेपालमा ५८ वटा ग्यास उद्योग सञ्चालनमा छन्।

यसैक्रममा निगमले कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै मर्जरलाई प्रोत्साहन गर्न र आवश्यक कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउने उद्देश्यले मर्जर नीति अघि बढाइएको निगमले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP