चर्चामा
बाजुरा । वर्षौँदेखि निर्माण अलपत्र रहेका बाजुराका बूढीगङ्गा नदीको मौरे पुल र ठूलीसाँघु खोलाको पुलको ठेक्का रद्द गरिएको छ। पुरानो ठेक्का रद्द भएपछि दुवै पुल निर्माणका लागि पुनः प्रक्रिया अघि बढाइएको छ।
बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्ने मौरे पुल तथा मार्तडी-घट्मुना सडकखण्डको ठूलीसाँघु खोलामा पुल निर्माण गर्न काठमाडौंको बिकोई बिल्डर्स प्रालिले ठेक्का पाएको थियो। तर सम्झौता अवधि सकिँदासमेत निर्माण सुरु नगरेपछि महाकाली पुल योजना कार्यालयले ठेक्का रद्द गर्दै कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो।
यसविरुद्ध निर्माण कम्पनी अदालत पुगे पनि २०८३ साउनमा अदालतले योजना कार्यालयकै पक्षमा फैसला सुनाएपछि निर्माण प्रक्रिया अघि बढेको महाकाली पुल योजनाका सूचना अधिकारी रवि शाहले बताएका छन्।
पुल नहुँदा वर्षायाममा बूढीगङ्गा, त्रिवेणी, गौमूल, बडीमालिका र खप्तड छेडेदह क्षेत्रका नागरिकले आवतजावतमा सास्ती खेप्दै आएका छन्। विशेषगरी मौरे पुल निर्माण भए बडीमालिका क्षेत्रको आवागमनसमेत सहज हुने अपेक्षा गरिएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!