चर्चामा
काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे-आन्द्रे पेज नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको निमन्त्रणामा सोमबार कतार एयरवेजमार्फत नेपाल आएको टोलीलाई संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।
नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!