चर्चामा
भिटामिन डी हड्डी बलियो बनाउन, मांसपेशीको सामान्य काममा सहयोग गर्न र शरीरमा क्याल्सियमको सन्तुलन कायम राख्न आवश्यक हुन्छ। घाम, खानपान र सप्लिमेन्टबाट प्राप्त हुने यो पोषक तत्त्वको कमीले स्वास्थ्यमा असर पार्न सक्छ। तर आवश्यकताभन्दा बढी सेवन गर्दा पनि गम्भीर समस्या निम्तिन सक्छ।
चिकित्सकको सल्लाहबिना लामो समयसम्म उच्च मात्रामा भिटामिन डीका चक्की सेवन गर्दा रगतमा क्याल्सियमको मात्रा बढ्न सक्छ। यस्तो अवस्थालाई हाइपरक्याल्सिमिया भनिन्छ। यसले वाकवाकी, बान्ता, अत्यधिक तिर्खा, मांसपेशी कमजोर हुने र बारम्बार पिसाब लाग्ने समस्या निम्त्याउन सक्छ।
मिर्गौलामा पत्थरीको जोखिम
रगतमा क्याल्सियम बढ्दा मिर्गौलामा पत्थरी बन्ने र गम्भीर अवस्थामा मिर्गौलाको कार्यक्षमतामा असर पर्ने जोखिम हुन्छ। अत्यधिक भिटामिन डी सेवनले मुटु र स्नायु प्रणालीमा समेत असर पुर्याउन सक्छ।
हड्डी बलियो बनाउन बढी मात्रा आवश्यक छैन
भिटामिन डी बढी खाँदैमा हड्डी थप बलियो हुन्छ भन्ने हुँदैन। विशेषगरी वृद्धवृद्धामा एकैपटक अत्यधिक मात्रा सेवन गर्दा लड्ने र हड्डी भाँचिने जोखिम बढ्न सक्ने अध्ययनहरूले देखाएका छन्।
दैनिक कति भिटामिन डी आवश्यक पर्छ ?
सामान्यतया १९ देखि ७० वर्ष उमेरका वयस्कलाई दैनिक ६०० आईयू र ७० वर्षभन्दा माथिकालाई ८०० आईयू भिटामिन डी आवश्यक पर्छ। वयस्कका लागि दैनिक ४ हजार आईयू अधिकतम सहन सकिने मात्रा मानिन्छ। यो नियमित सेवन गर्नुपर्ने लक्ष्य मात्रा भने होइन।
सप्लिमेन्ट सेवन गर्दा ध्यान दिनुपर्ने कुरा
शरीरमा भिटामिन डीको कमी छ कि छैन भन्ने थाहा पाउन आवश्यकताअनुसार रगत परीक्षण गर्न सकिन्छ। चिकित्सकले परीक्षणको नतिजा र स्वास्थ्य अवस्थाका आधारमा सप्लिमेन्टको मात्रा निर्धारण गर्छन्।
विशेषगरी मिर्गौलाको समस्या भएका, पत्थरीको समस्या देखिएका वा रगतमा क्याल्सियम बढी भएका व्यक्तिले भिटामिन डी सेवन गर्दा सावधानी अपनाउनुपर्छ। चिकित्सकले दिएको औषधि र मात्रा आफैँ परिवर्तन गर्नु हुँदैन।
भिटामिन डी शरीरका लागि आवश्यक भए पनि बढी सेवन गर्नु फाइदाजनक हुँदैन। त्यसैले कमी भएमा चिकित्सकीय सल्लाहअनुसार मात्र सप्लिमेन्ट सेवन गर्नु सुरक्षित हुन्छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!