चर्चामा
दसैँको टीकाको दिन घरबाट हराएका धनुषाको नगराइन नगरपालिका–७, देवडीहाका सात वर्षीय बालक संकेत झा १० दिनपछि मृत अवस्थामा फेला परेका छन्।
परिवारका सदस्य, स्थानीयवासी र प्रहरीले निरन्तर खोजी गरे पनि बालकलाई जीवितै फेला पार्ने आशा अन्ततः निराशामा परिणत भएको छ।
शनिबार बालक झाको घरबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा उनको शव फेला परेको हो।टीकाको दिन घरबाट बेपत्ता भएका बालकको १० दिनपछि शव भेटिएपछि स्थानीय क्षेत्रमा शोक छाएको छ। घटनाबारे थप अनुसन्धान तथा मृत्युको कारण खुल्न बाँकी छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!