स्वास्थ्यमा समस्या देखिएपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

स्वास्थ्यमा समस्या देखिएपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

डा. केसी इलामस्थित नारायण मन्दिरमा गत बिहीबारदेखि अनशन बस्दै आएका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलगायतका माग राख्दै अनशन सुरु गरेका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP