चर्चामा
काठमाडौं। सेटिङ र बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासँगको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि कलाकार तथा निर्देशक निश्चल बस्नेतले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्।बस्नेतले अबदेखि कसैले फोटो खिच्न आग्रह गर्दा उक्त व्यक्तिको विगत र भविष्यका गतिविधिबारे समेत बुझ्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, “अबदेखि कसैले फोटो खिचौँ न भन्यो भने केही गलत काम गरेको त छैनौँ नि या भविष्यमा केही गलत त गर्नेवाला छैनौँ नि भनेर सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भयो।”
इनम सापकोटासँगको तस्बिर सार्वजनिक भएपछि आफूलाई जोडेर विभिन्न टिप्पणी हुन थालेको सन्दर्भमा बस्नेतको यो अभिव्यक्तिलाई व्यङ्ग्यात्मक प्रतिक्रियाका रूपमा हेरिएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!