मणिपुरमा तनाव कायमै, दुई युवाको शव भेटिएपछि प्रदर्शन चर्कियो

मणिपुरमा तनाव कायमै, दुई युवाको शव भेटिएपछि प्रदर्शन चर्कियो

भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकपी जिल्लामा दुई कुकी युवाको शव भेटिएपछि तनाव थप चर्किएको छ। सोमबार पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ।

गत आइतबार सेनापति जिल्लाको पहाडी क्षेत्रमा केराको बगैँचामा बोराभित्र राखिएको अवस्थामा २० वर्षीय पाओगिनलाल हाङसिङ र २१ वर्षीय टी चोङलोईको शव फेला परेको थियो। उनीहरू अक्टोबर २९ देखि बेपत्ता थिए।

शव भेटिएपछि आक्रोशित प्रदर्शनकारीले सडकमा टायर बाल्नुका साथै काठ र ढुंगाले बाटो अवरुद्ध गरेका थिए। प्रदर्शनकारीले ढुंगामुढा गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेका छन्। झडपमा एक प्रदर्शनकारी घाइते भएका छन्।

जिल्लामा तनाव कायम रहेकाले थप सुरक्षाकर्मी परिचालन गरिएको छ। यसअघि नोनेई जिल्लामा भएको गोली हानाहानमा तीन कुकी समुदायका पुरुष मारिएका थिए। पछिल्ला दुई घटनामा मणिपुरमा पाँच जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP