चर्चामा
चितवनमा अवैध रूपमा भण्डारण गरिएका विभिन्न किसिमका पटाकासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले उनीहरूको डेरामा खानतलासी गर्दा करिब २ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरका पटाका बरामद गरेको हो।
पक्राउ पर्नेमा भारतको मतियारी लक्ष्मीपुर लौखान–१६ घर भई चितवनको कालिका नगरपालिका–६, हरियार टोल पदमपुरमा डेरा गरी बस्ने ४१ वर्षीय सञ्जय शाह तेली रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार दिउँसो डेरामा खानतलासी गर्ने क्रममा करिब दुई लाख रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका पटाकासहित पक्राउ गरेको हो।
त्यस्तै, भारतको मतियारी पटझिलवा–८ घर भई भरतपुर महानगरपालिका–३, बाह्रघरेमा डेरा गरी बस्ने २९ वर्षीय राज जयसवाल पनि पक्राउ परेका छन्। उनलाई प्रहरीले आइतबार साँझ डेरामा खानतलासी गर्दा करिब ८६ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका पटाकासहित नियन्त्रणमा लिएको हो।
जयसवालको साथबाट १५ हजार भारतीय रुपैयाँ र एक लाख ४८ हजार तीन सय नेपाली रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ।
दुवै जनाको डेराबाट बरामद गरिएका पटाका नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!