चर्चामा
काठमाडौं । नेपाली चलचित्र ‘पाँच पाण्डव’ को गीत तथा दृश्यलाई लिएर विवाद चर्किएपछि विश्व हिन्दू परिषद् नेपालले चलचित्र बहिष्कार अभियान सञ्चालन गर्ने चेतावनी दिएको छ।
चलचित्रमा महाभारतका पात्रलाई प्रस्तुत गरिएको शैलीप्रति आपत्ति जनाउँदै परिषद्ले चलचित्र विकास बोर्डमा ध्यानाकर्षणपत्र बुझाएको हो।
सार्वजनिक गीत ‘राजा चाहियो छ’ मा अभिनेत्री इभा गिरीलाई द्रौपदीको विम्बमा प्रस्तुत गरिएको तथा अभिनेता हरिवंश आचार्यलाई क्यासिनोमा तास खेलिरहेको दृश्यमा देखाइएको विषयले विवाद निम्त्याएको छ।
महाभारतका पात्रलाई यसरी प्रस्तुत गर्नु धार्मिक आस्थामाथिको प्रहार भएको भन्दै सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ।
परिषद्ले विवादित गीत, दृश्य तथा संवादको छानबिन गरी आवश्यक सुधार गर्न माग गरेको छ। माग सम्बोधन नभए चलचित्र बहिष्कार अभियान सञ्चालन गर्ने चेतावनीसमेत दिएको छ।
यता चलचित्रका निर्देशक वसन्त निरौलाले भने चलचित्र महाभारतको धार्मिक कथा नभई आधुनिक नेपाली समाजको कथामा आधारित रहेको स्पष्ट पारेका छन्। चलचित्र निर्माण पक्षले यसलाई सिर्जनात्मक प्रस्तुतिका रूपमा व्याख्या गर्दै आएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!