चर्चामा
काठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा ठोक्किएका हुन्। हेलिकोप्टरका पङ्खा एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए।
दुर्घटनामा एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको छ। मृतकको राष्ट्रियता भने खुल्न सकेको छैन।
घाइतेलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी लुक्लास्थित अस्पताल पुर्याइएको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिए।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!