गृहमन्त्रीको फेक भिडियो फैलाएको आरोपमा नेकपाका नेता गोविन्द अधिकारी पक्राउ

गृहमन्त्रीको फेक भिडियो फैलाएको आरोपमा नेकपाका नेता गोविन्द अधिकारी पक्राउ

पोखरा । सामाजिक सञ्जालमा गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित भ्रामक भिडियो तथा सूचना फैलाएको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेका छन्।

कास्की प्रहरीले अधिकारीलाई पक्राउ गरी थप अनुसन्धानका लागि गोरखा पठाएको जनाएको छ। गोरखामा आयोजित गृहमन्त्रीको कार्यक्रमलाई लक्षित गरी भ्रामक भिडियो तथा सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको थियो।

कास्की प्रहरीका इन्स्पेक्टर दीपक रिजालका अनुसार गोरखामा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको अवस्थामा अधिकारीको लोकेसन कास्कीमा देखिएपछि पक्राउ गरिएको हो।

यता, नेपाली कम्युनिस्ट पार्टीले भने गृहमन्त्रीकै निर्देशनमा अधिकारीलाई पक्राउ गरिएको आरोप लगाएको छ। यसैबीच, वाईसीएल नेपाल कास्कीले अधिकारीको निःशर्त रिहाइको माग गरेको छ।

वाईसीएलले राजनीतिक आस्था र सरकारको आलोचना गरेकै आधारमा धरपकड नगर्न तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ। साथै, राजनीतिक प्रतिशोध र राज्यशक्तिको दुरुपयोग रोक्न माग गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP