आज र भोलि देशभर बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

आज र भोलि देशभर बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ।

कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।

स्वास्थ्य सेवा विभागका अनुसार यस अभियानमा करिब २१ लाख बालबालिकालाई भिटामिन 'ए' र २० लाखलाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ। कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

बालबालिकामा कुपोषण तथा विभिन्न स्वास्थ्य जटिलताको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हरेक वर्ष कात्तिक र वैशाखमा यस्तो अभियान सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP