दाङका जंगलबाट १४ नाल अवैध भरुवा बन्दुक बरामद

दाङका जंगलबाट १४ नाल अवैध भरुवा बन्दुक बरामद

दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाएर राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार बिहान ५ देखि ९ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा जिल्लाका विभिन्न स्थानबाट ती बन्दुक बरामद गरिएको हो।

प्रहरीले बबई, बंगलाचुली, राप्ती र लमही क्षेत्रका सामुदायिक वन तथा झाडीबाट बन्दुक फेला पारेको जनाएको छ। बरामद बन्दुकमध्ये १३ नाल चालु अवस्थामा रहेका छन् भने एउटा बिग्रिएको अवस्थामा छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP