चर्चामा
आँखामुनि देखिने कालो घेराले अनुहारलाई थकित र उमेर बढी भएको जस्तो देखाउन सक्छ। धेरैले यसलाई निद्राको कमी ठाने पनि डार्क सर्कल हुनुका पछाडि वंशाणुगत कारण, छालामा पिग्मेन्ट बढ्नु, एलर्जी र उमेरसँगै हुने परिवर्तनलगायत कारण हुन सक्छन्।
विशेषज्ञहरूका अनुसार डार्क सर्कल सबै अवस्थामा पूर्ण रूपमा हटाउन सकिन्छ भन्ने ग्यारेन्टी हुँदैन। तर यसको कारण पहिचान गरेर उचित उपचार गरेमा कालोपन कम गर्न सकिन्छ।
पर्याप्त निद्रा लिने, आँखामुनि चिसो कपडाले सेक्ने, घामबाट छालालाई जोगाउने र उपयुक्त मोइस्चराइजर प्रयोग गर्ने सामान्य उपाय हुन्। आँखालाई बारम्बार मिच्ने बानी पनि हटाउनुपर्छ।
काँक्रो वा चिसो टी-ब्यागले केही समयका लागि सुन्निएको भाग कम गर्न सक्छन्। तर यस्ता घरेलु उपायले स्थायी रूपमा डार्क सर्कल हटाउँछन् भन्ने वैज्ञानिक प्रमाण छैन।
सामान्य हेरचाहले सुधार नभए छाला रोग विशेषज्ञसँग परामर्श गर्न सकिन्छ। समस्याको प्रकृतिअनुसार चिकित्सकले क्रिम, केमिकल पिल, लेजर, फिलर वा अन्य उपचार सुझाउन सक्छन्।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!