चर्चामा
मकवानपुर । हेटौँडा उपमहानगरपालिका-११ मा निर्माण भएको प्रादेशिक कृषि थोक बजार सञ्चालनमा अन्योल देखिएको छ । स्टल भाडामा लगाउन तीनपटक बोलपत्र आह्वान गर्दा पनि पर्याप्त आवेदन नपरेपछि बजार सञ्चालन प्रक्रिया अघि बढाउन समस्या भएको हो ।
बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको बजारमा कुल ६३ वटा स्टल छन् । पहिलोपटक असोज १० र दोस्रोपटक असोज २८ गते बोलपत्र आह्वान गर्दा पनि अपेक्षित आवेदन नपरेपछि सञ्चालक समितिले कात्तिक ११ गते तेस्रोपटक सूचना जारी गरेको हो ।
बजारका कार्यकारी निर्देशक टीका काफ्लेका अनुसार दसैँ-तिहारलगायत चाडपर्वका कारण व्यवसायीको सहभागिता कम भएको हुनसक्छ । उनले तेस्रोपटकको सूचनापछि पुनः बोलपत्र आह्वान नगर्ने र आगामी विकल्पबारे छलफल गरेर निर्णय लिने बताए ।
करिब ३० करोड ८७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको बजारमा ४० वटा थोक र २३ वटा खुद्रा स्टल छन् । थोक स्टलको मासिक भाडा ८ हजार ७०० रुपैयाँ तथा खुद्रा स्टलको आकारअनुसार ४ हजार ५०० र ४ हजार ७०० रुपैयाँ तोकिएको छ ।
दुई बिघा चार धुर क्षेत्रफलमा बनेको बजारमा चारवटा भवन, शीतभण्डार, अन्डरग्राउन्ड पार्किङ, भण्डारण, प्याकिङ तथा ग्रेडिङलगायतका सुविधा छन् । निर्माण सम्पन्न भएर २०८२ साउन १८ गते हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको बजार कानुनी तथा अन्य प्रक्रियागत समस्याका कारण सञ्चालनमा आउन सकेको थिएन । प्रदेश सरकारले सञ्चालन निर्देशिका जारी गरेपछि बजार सञ्चालनको बाटो खुले पनि व्यवसायीको न्यून चासोले चुनौती थपिएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!