चर्चामा
बाँके । बाँकेमा मृत्यु भएका तथा दोहोरो नामावलीमा परेका तीन हजार ५० जनाको नाम मतदाता सूचीबाट हटाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीका अनुसार मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार स्थानीय तहबाट प्राप्त विवरणका आधारमा उनीहरूको नाम हटाइएको हो ।
सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकाबाट ८२० जनाको नाम हटाइएको छ । त्यस्तै कोहलपुरबाट ७६६, राप्तीसोनारीबाट ३७१, खजुराबाट ३२०, बैजनाथबाट २८९, जानकीबाट १८६, डुडुवाबाट १७७ र नरैनापुरबाट १२१ जनाको नाम हटाइएको कार्यालयले जनाएको छ ।
यसैबीच, बाँकेमा २०८२ चैत २२ देखि २०८३ असोज २२ सम्म अनलाइन आवेदन र राष्ट्रिय परिचयपत्रमार्फत १३ हजार ८९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । दर्ता हुनेमध्ये ६ हजार ७१३ महिला र ७ हजार १८४ पुरुष छन् ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!