फ्लोरिडा विमान दुर्घटना : पाइलटले भनिन्, 'हामीसँग समय सकियो'

फ्लोरिडा विमान दुर्घटना : पाइलटले भनिन्, 'हामीसँग समय सकियो'

एजेन्सी । अमेरिकाको फ्लोरिडामा भएको विमान दुर्घटनामा दुई बालबालिकासहित नौ जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले अनुसन्धान सुरु गरेको छ ।

प्रारम्भिक विवरणअनुसार दुर्घटनाअघि विमानकी सहचालकले विमानमा हिउँ जमिरहेको र तीव्र हावाका कारण उडान अस्थिर भएको जानकारी गराएकी थिइन् । विमान करिब ३५ हजार फिटको उचाइमा उडिरहेका बेला बाहिरी तापक्रम माइनस ४७ डिग्री सेल्सियस रहेको बताइएको छ ।

हवाई ट्राफिक नियन्त्रण केन्द्रसँगको अन्तिम संवादमा सहचालकले विमान तीव्र गतिमा तल झरिरहेको भन्दै आपत्कालीन संकेत 'मे डे' जारी गरेकी थिइन् । उनले विमान प्रतिमिनेट २० हजार फिटको गतिमा झरिरहेको र जमिनमा ठोक्किन लागेको बताएकी थिइन् । अन्तिम सन्देशमा उनले ‘हामीसँग समय सकियो’ भनेकी थिइन् ।

विमान फ्लोरिडाको पाम बिच काउन्टीस्थित मिलिटरी ट्रेल सडकमा खसेको थियो । दुर्घटनामा विमानमा सवार नौ जनाको मृत्यु भएको छ भने जमिनमा रहेका एक व्यक्ति घाइते भएका छन् ।

अनुसन्धान अधिकारीहरूले विमानमा हिउँ जम्नु, तीव्र हावा र आँधीबेहरीको सम्भावित प्रभावबारे अध्ययन गरिरहेका छन् । यद्यपि, दुर्घटनाको वास्तविक कारण पुष्टि भइसकेको छैन । एनटीएसबीले प्रारम्भिक प्रतिवेदन ३० दिनभित्र सार्वजनिक गर्ने अपेक्षा गरिएको छ भने अन्तिम प्रतिवेदन आउन एकदेखि दुई वर्ष लाग्न सक्ने बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP