प्रदर्शनमा सहभागी भएकोमा अभिनेता इमरान खानले मागे बिनासर्त माफी

प्रदर्शनमा सहभागी भएकोमा अभिनेता इमरान खानले मागे बिनासर्त माफी

एजेन्सी । बलिउड अभिनेता इमरान खानले भारतमा ‘एसआईआर’ विरुद्ध भएको प्रदर्शनमा सहभागी भएकोमा बम्बई उच्च अदालतसमक्ष बिनासर्त माफी मागेका छन् । उनले आगामी दिनमा कुनै पनि प्रदर्शनमा सहभागी नहुने लिखित प्रतिबद्धतासमेत जनाएका छन् ।

भारत छाड्न जारी गरिएको 'लिभ इन्डिया नोटिस' विरुद्ध इमरानले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई माफी माग्न र भविष्यमा प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता बुझाउन आदेश दिएको थियो ।

सुनुवाइका क्रममा अदालतले केन्द्र सरकारलाई इमरानलाई नोटिसको जवाफ दिन समय उपलब्ध गराउन निर्देशन दिएको छ । साथै, आगामी डिसेम्बर ७ मा अर्को सुनुवाइ हुने गरी त्यतिन्जेल नोटिस कार्यान्वयन नगर्न आदेश दिएको छ ।

अमेरिकी नागरिक तथा ओसीआई कार्डधारक इमरानले बाल्यकालदेखि भारतमा बस्दै आए पनि एसआईआरसम्बन्धी प्रदर्शनमा सहभागी भएको विषयलाई लिएर विवाद भएको हो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छठ मनाउन कांग्रेस सभापति गगन थापा सर्लाहीमा
10 घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...

छुटाउनुभयो कि ?

TOP