चर्चामा
झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा लक्ष्यको ९४.९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका अनुसार साउनदेखि असोजसम्म ४ अर्ब ९२ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा ४ अर्ब ६७ करोड ७ लाख ७३ हजार रुपैयाँ सङ्कलन भएको हो ।
महिनागत विवरणअनुसार साउनमा १ अर्ब २७ करोड ९८ लाख, भदौमा १ अर्ब ५५ करोड ३५ लाख र असोजमा १ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । असोजमा मात्रै मासिक लक्ष्यको ९९.५९ प्रतिशत राजस्व उठेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भन्सारले ४ अर्ब १५ करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यस वर्ष गत वर्षको तुलनामा राजस्व सङ्कलन बढेको देखिएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!