चर्चामा
मुस्ताङ । सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७७.६२ प्रतिशतले बढी हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमका अनुसार यस अवधिमा सार्क राष्ट्रबाट दुई लाख ६२ हजार १२ र अन्य राष्ट्रबाट २८ हजार २७५ जना पर्यटक मुस्ताङ पुगेका छन् ।
सन् २०२५ को पूरै वर्षमा एक लाख ६१ हजार १४१ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । यस वर्षका दुई महिना बाँकी रहँदै गत वर्षको तुलनामा एक लाख २३ हजार ४७५ जना पर्यटक थपिएका हुन् ।
एक्यापका अनुसार सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या ९७ प्रतिशतले बढेको छ । विशेषगरी मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकको सङ्ख्या बढ्दा समग्र आगमनमा वृद्धि भएको हो । तर अन्य राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या भने गत वर्षको तुलनामा १६.५ प्रतिशतले घटेको छ ।
रसुवागढी बाढी, जोमसोम-कोरला सडक अवरुद्ध, हवाई सेवा स्थगन तथा प्रतिकूल मौसमले पर्यटनमा असर पारे पनि यस वर्ष मुस्ताङमा पर्यटक आगमन उल्लेख्य बढेको एक्यापले जनाएको छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!